र म मौन हुन्छु

कति आह्लादित छ समय!
आकाशबाट
अविरल झरिरहेको झरी
निरन्तर बगिरहेको
खोलाको धार
धारा छुटिरहेका
भित्ताका झरनाहरु..

जब जब मग्न हुँदै
हेर्छु बार्दलीबाट
बलेँसीमा पछारिँदै फुटिरहेका
पानीका थोपाहरु
ठीक त्यही बेला
समाचार गन्दै हुन्छ
बाढी र पहिरोमा परेका
लासहरुको मुचुल्का

म मौन हुन्छु!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *