प्रित बसेजस्तै

भमराको फूलसँग प्रित बसेजस्तै,
कोईलिको बसन्तमा गित बसेजस्तै ।
मेरो प्रेमको अनौठो यो ताना गुन्जिएछ,
छहराको प्रकृतिमा संगित बसेजस्तै ।

त्यो मुहार त्यो रुप ति आँखाका ति भाखाहरु,
त्यो चंचल त्यो हिस्सी त्यो बेफिक्रिका हेराईहरु ।
तिनैभित्र लहराएँ तिनै भित्र बिलाएँछु,
बिहानीको पारीलोमा शित बसेजस्तै ।

यो नशा यो रौनक यो उमंगको उल्लासी यो,
यो खुसी यो आशा यो प्रेम हो या बेहोसी हो ।
फेरीएर आफैँसँग नयाँ जिवन नयाँ बहार,
तृप्त भई पूर्णताको धित बसेजस्तै ।

@ विस्मय !