दिपावली
बिग्रिएको होला कपालको बुनोट। खुज्मुजिएको होला कुर्तीको फेर। पर्खिँदै होलान् मलिन आँखाहरु ढोकाको चौकोसमा कसैको मायालु आकृति। सारा शहर झलमल्ल छ यतिबेला पर्वको मधुर गुञ्जनमा कस्तो विह्वलता? तर- मलाई याद छ तिमीले सल्काएका एक-एक बातीहरु अर्को वर्ष त पक्कै तेल थप्न आइपुग्नेछु। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]