फरक

चिर्बिर चिर्बिर चराको आवाजसँगै बिहान हुन्थ्यो र गुञ्जन्थ्यो शङ्ख र घण्टको मधुर ध्वनी । मेलापातको सुसेला र घँसियारको हाक्पारेमा सबेरै खुल्थे आँखा अनि तङ्ग्रिन्थेँ म द‍ूधै बाच्छो तङ्ग्रिएझैँ । आजकल त गाडीको चर्को हर्नले ब्युझाउँछ मलाई । तिमी सोध्यौ नि हैन ? गाउँ र शहरबिच के फरक छ भनेर ! @ विस्मय ! 0 Facebook […]

चिसो

हिउँ निस्किन्छन् बोलीहरुमा तुषारो फाल्छन् आँखाहरु शीतभन्दा चिसा शब्दहरु… चिसो- एक अमूर्त विम्ब पनि हो सम्बन्धको प्रेमको । भनौँ न कोही बोलिरहेको त हुन्छ तर केही बोलेको हुँदैन । हाँसिरहेका हुन्छन् ओठ तर मन हाँस्दैन । चिसोमा धेरै कुरा चिसो हुन्छ- चिसा मान्छे चिसो साथ अनि सँगसँगै चिस्सिरहेका हुन्छन् सम्बन्धहरु । @ विस्मय ! 0 […]

मौन संवाद

बोली- ओठमा मात्रै हुन्न आँखामा पनि हुन्छ मुस्कानमा पनि हुन्छ । चुपचाप बस्दैमा- चुप छैन म नपत्याए एकपटक फर्केर त हेर ! मेरो आँखामा अनुहारमा… ध्यान दिएर हेर- हजार शब्दहरुले भन्दा बढी संवाद गरिरहेको पाउनेछौ तिमी मनको गहिराइमा संवाद गरिरहेका शब्दहरु । थाहा छ? मौनताको संवाद‍ सबैभन्दा शक्तिशाली हुन्छ । @ विस्मय ! 1 Facebook […]

पुस्तक

पुस्तक- हेरेर मात्रै पाइन्न ज्ञान पढ्नुपर्छ… मलाई पढ्न पुस्तक पढ्नभन्दा कठीन छ । छिचोलेर मनको गर्तसम्म खोज्न सक्नुपर्छ प्रेमको गहिराइ । नाप्न सक्नुपर्छ आँखामा लमतन्न फिँजिएको चाहनाको दूरी । खुट्याउन सक्नुपर्छ ओठमा दबिएर बसेका शब्द-शब्दहरु । सक्छौ त ? मलाई प‍ढ्न पुस्तक पढ्नभन्दा  कठीन छ । @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin […]

क्षेत्रप्रताप अधिकारीको कविता- फूलको कविता

मलाई थाहा थियो तिमीलाई फूलको कविता मन पर्छ मलाई थाहा थिएन रगतको पोखरीमा उभिएर कसरी कविता लेखिन्छ ! अनि, मलाई थाहा थियो– तिमीलाई परेवा घुरेको प्रशान्त प्रेमको कविता मन पर्छ तर मलाई थाहा थिएन परेवाको गुँड भत्केको बेला प्रेमको कविता कसरी लेखिन्छ ! खलङ्गामा आगो फुलेको बेला इन्द्रकमलको कविता लेखेको भए तिमीलाई मन पथ्र्यो होला […]

अफसोस

तिनीहरुसँग कुनै अफसोस छैन मलाई जो चुपचाप जान्छन् र केही नभनी विदा हुन्छन् । अफसोस त मलाई तिनीहरुसँग छ जो केही भन्न खोज्छन् र नभनी जान्छन् । @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

सदिक्षा चापागाईँका तीन कविता

म चरी बन्ने छु म चरी बन्ने छु शरीर भुइँमै भए पनि मनको उड्ने रहर पूरा गराइदिने छु! म ‘एक्लोपन’मा होइन, ‘एकान्त’मा आफूसँग जिउने छु ताकि गुमाइसकेकी आफूलाई फेरि अपनाउन सकुँ म भीडमा एक्लिएर थाकिसकेँ, एकान्तमा आफूलाई भेटाउन सकुँ। त्यसैले मलाई यात्रा एक्लै गर्ने मन छ हो, मलाई स्वतन्त्र हुने मन छ। ………… परिचय यस्तो […]

जीवन चलिरहेछ..

कहाँ हराए जिन्दगीमा रङ्ग भर्न आएकाहरु ? कहाँ हराए तिम्रो जिन्दगीको एउटा हिस्सा मसँगै छ- मैभित्र छ भन्नेहरु ? कहाँ हराए आँखाको आँशु अनि आँशुको मूल्य बताएर नथाक्नेहरु? हराउने नै रहेछन् आशाहरु हराउने नै रहेछन् सपनाहरु दबिएरै जाने रहेछन् इतिहासहरु इतिहासकै गर्तमा। जीवन जो चलेकै थियो चलि नै रहेछ… @ विस्मय ! 0 Facebook 0 […]

तिमी भएपछि

आदि, मध्य अनि अन्त्य विगत, वर्तमान अनि भविष्य सुरुवात, यात्रा अनि गन्तव्य जन्म, जीवन अनि मरण… मेरो लेखन र लेखनी- सबै तिमी रहँदा रहँदै अरु के नै लेख्न सकुँला र म? @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

कोही होस्- जो केवल रहोस्

दाग होस् तर सुन्दर होस् चन्द्रमा जस्तै । तुँवालो होस् तर शितल होस् हावा जस्तै । छातीमा समेटेर चट्टान र गेग्रानहरु शान्त बनिरहोस् पहाड जस्तै । छाल उछालका अनेकन धक्काहरुमा पनि सौम्य बनिरहोस् किनारा जस्तै । कोही होस् जो केवल होस् र रहोस् साथ रहोस् र बसिरहोस् श्वास जस्तै… @ विस्मय ! 0 Facebook 0 […]