प्रतिविम्ब

मैले कहिले भनेँ
म तिमीलाई प्रेम गर्छु भनेर !
मैले त
केवल भनेको थिएँ
म आफूलाई प्रेम गर्छु ।

मभित्र त,
जहाँ
अतल भन्दा अतल गहिराइमा पनि
तिमीले खोजे पाउनेछौ
आफ्नै रुपको प्रतिविम्ब ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *