- विस्मय
- October 19, 2025
दिपावली
बिग्रिएको होला कपालको बुनोट। खुज्मुजिएको होला कुर्तीको फेर। पर्खिँदै होलान् मलिन आँखाहरु ढोकाको चौकोसमा कसैको मायालु आकृति। सारा शहर झलमल्ल छ यतिबेला पर्वको मधुर गुञ्जनमा
म त्यही उभिएँथेँ जहाँ म उभिनुभन्दा पहिलै म उभिएको हुँदो हुँ। म त्यही हिँड्दै थिएँ जहाँ म हिँड्नुभन्दा पहिलै म हिँडेको हुँदो हुँ। बाँच्नु-केवल सकिनु
आफन्तकै अनगिन्ती चोट देखेको छु मुस्कानभित्र जेलिएको खोट देखेको छु। गफै त हो! मिठा कुरा गर्दै आए पनि- मनभित्र चैँ विषवृक्षको बोट देखेको छु। सर्वस्व
मैले भनेँथेँ र मेरो नजिक आऊ भनेर? मैले भनेँथेँ र मेरो हात समाऊ भनेर? म त आफ्नै यात्रामा थिएँ- तिमीले बोलाएथ्यौ र म रोकिएँथेँ ।
वसन्त आउन पनि जानैपर्छ एउटा हिउँदले । विदा हुनैपर्छ कठ्याङ्ग्रिँदो ठिही कोइलीको गान सुन्न । बग्नैपर्छ नदीले पनि सागर भेट्न । र उड्नैपर्छ बाफ भएर
सोच्छु- देवकोटा भएर बाँच्न कति कठिन थियो होला! सोच्छु- भूपी भएर जिउन कति कठिन थियो होला! सोच्छु- हरिभक्त कटवाल भइरहन कति कठिन थियो होला! सोच्छु-
अपलक हेर्थे प्रेमिल हेराइ तिम्रा आँखाभन्दा बाटुला शब्दहरुले। बिस्तारै फुस्फुसाउँथे ओठभन्दा रसिला भावहरु । लहराउँथे रुपक, उपमा र प्रतिकहरु जसरी लहराउँछन् हावामा तिम्रो केश। काव्यिक
मैले जसलाई पाउनका लागि जीवनभर ईश्वरसँग प्रार्थना गरिरहेँ। उसको ईश्वर अरु नै थियो… हे ईश्वर- मलाई मेरो ईश्वरसँग मिलाइदेऊ! @ विस्मय ! 0 Facebook 0