मैले भनेँथेँ र
मेरो नजिक आऊ भनेर?
मैले भनेँथेँ र
मेरो हात समाऊ भनेर?
म त
आफ्नै यात्रामा थिएँ-
तिमीले बोलाएथ्यौ
र म रोकिएँथेँ ।
त्यसपछि
कति वसन्त बित्यो
कति फूल फुल्यो
कति साथ रमायौँ हामी
कति सपना सजायौँ
मैले भनेथेँ र
चुपचाप जाऊ भनेर?
बिर्सियौ?
मलाई सोध
एक एक पल याद छ…