जब झरी पर्छ

जब झरी पर्छ भरिन्छ छेवैको नाली र बग्छ फोहोर बोकेर। जब झरी पर्छ सुसाउँछ पारीको भित्तो र पखाल्छ धुलाम्मे पातहरुलाई। तिमी भन्थ्यौ नि,

साँझतिर

मधुरो छायाँ सल्बलाएको देखेथेँ साँझतिर-सडकमाझ। कोही टहल्दैथियो या थियो कसैको प्रतिक्षामा! तिमीलाई थाहा छ नि! मेरो झ्यालबाट प्रष्ट देखिन्न देखिए पनि ठम्याइन्न सायद

कविश्वर

कतै भोक र रोगको विलाप छ । कतै उन्मादी रहरको आलाप छ । कतै अविरल आँशुको वहाव छ । कतै असीम शोकको सन्ताप

फोस्रो बिलाप

बिहानै एउटा बिलाप देखेँथेँ एक थोपो आँशु एउटा मौन बिलौना। थाहा थियो तिमीले पाएको चोट सुनेर पनि के गर्नु सम्झिने फुर्सद नभएसी सम्झाउने

हरेक दिन

हरेक बिहान जन्मिन्छ एउटा नयाँ घाम अनि तङ्ग्रिन्छ बिस्तारै। बामे सर्छ ताते गर्छ किशोर हुन्छ जवान हुन्छ अनि साँझ! ओइलाउँछ, मुर्झाउँछ डुब्छ अनि

अन्तको अन्त्य

भन्थ्यौ नि हैन अन्तिम समयमा पनि म अन्त्यबाट सुरु गर्नेछु भनेर ! तर थाहा छ? अन्तको अन्त्य केवल अन्त्य हुन्छ। बगेको पानी फर्किन्छ

घाम झुल्किन्छ, डुब्छ..

केही अदृश्य डोरी छ जो मलाई बाँधिरहन्छ। केही अस्पष्ट दायित्व केही अस्मेल जिम्मेवारी केही अलमल काम छ, जो गर्नैपर्ने छ। बिहान भयो- खाना

बिर्सिनु त पटक्कै थिएन

बिर्सिनु त पटक्कै थिएन आफू हिँडेर आएको बाटो तर बिर्सिएँ एउटा घर थियो सायद पार भएँ र बिर्सिएँ। कोही थियो पर्खिएको पार भएँ