बिहानै एउटा बिलाप देखेँथेँ
एक थोपो आँशु
एउटा मौन बिलौना।
थाहा थियो
तिमीले पाएको चोट
सुनेर पनि के गर्नु
सम्झिने फुर्सद नभएसी
सम्झाउने होस नरहेसी..
संसार हेर न!
आँशुमा डुबेको देख्दिनौँ?
फोस्रो मुस्कान
फोस्रो सान्त्वना
अनि
कसलाई सुनाउँछौ?
यहाँ त
सबै
आफ्नै कथा बोकेर बसेका छन्।