१
घातपछि प्रतिघात हुन्छ
अन्त्यपछि पनि सुरुवात हुन्छ ।
प्रकृतिको ऋत हुन्छ
घाम लाग्ने पानी पर्ने ।
खडेरीपछि वर्षात हुन्छ
अन्त्यपछि पनि सुरुवात हुन्छ ।।
…
२
रित्तो सपना त होइन
तिमीले बोकी हिँडेको ।
यसै त हैन होला’नी
दुनियाँसँग भिडेको ।।
…
३
जीवन-
एक कविता
एक वाह्
र एक सन्नाटा
…