दिपावली

बिग्रिएको होला
कपालको बुनोट।
खुज्मुजिएको होला
कुर्तीको फेर।
पर्खिँदै होलान् मलिन आँखाहरु
ढोकाको चौकोसमा
कसैको मायालु आकृति।

सारा शहर
झलमल्ल छ यतिबेला
पर्वको मधुर गुञ्जनमा

कस्तो विह्वलता?

तर-
मलाई याद छ
तिमीले सल्काएका
एक-एक बातीहरु
अर्को वर्ष त
पक्कै तेल थप्न आइपुग्नेछु।

@ विस्मय !