म त्यही उभिएँथेँ
जहाँ
म उभिनुभन्दा पहिलै
म उभिएको हुँदो हुँ।
म त्यही हिँड्दै थिएँ
जहाँ
म हिँड्नुभन्दा पहिलै
म हिँडेको हुँदो हुँ।
बाँच्नु-केवल सकिनु
दिन, महिना
ऋतु, साल हुँदै
खिइनु.. रित्तिनु..
आजको दिन भन्नु पनि
फगत
हिँजोकै पुनरावृत्ति होइन र?
बस्-
भित्रभित्रै निख्रिँदैछु।