गजल- आफन्तकै अनगिन्ती चोट देखेको छु

आफन्तकै अनगिन्ती चोट देखेको छु
मुस्कानभित्र जेलिएको खोट देखेको छु।

गफै त हो! मिठा कुरा गर्दै आए पनि-
मनभित्र चैँ विषवृक्षको बोट देखेको छु।

सर्वस्व होस्, संसारै होस् भन्नेहरु कता गए?
मौका पाउँदा लहसिने छनौट देखेको छु।

@ विस्मय !