हरेक बिहान जन्मिन्छ
एउटा नयाँ घाम
अनि तङ्ग्रिन्छ बिस्तारै।
बामे सर्छ
ताते गर्छ
किशोर हुन्छ
जवान हुन्छ
अनि साँझ!
ओइलाउँछ, मुर्झाउँछ
डुब्छ अनि हराउँछ।
हरेक बिहान
जन्मिन्छ एउटा जीवन
र
हरेक साँझ
मर्छ एउटा दिन
घामजस्तै..
म
हरेक बिहान
एउटा जीवन सुरु गर्छु
र हरेक साँझ मर्नेगर्छु।