सोच्छु-
देवकोटा भएर बाँच्न
कति कठिन थियो होला!
सोच्छु-
भूपी भएर जिउन
कति कठिन थियो होला!
सोच्छु-
हरिभक्त कटवाल भइरहन
कति कठिन थियो होला!
सोच्छु-
कबिता व्यक्ति हो या सृजना?
जन्मागत हो या साधना?
चाहे जे होस्-
मलाई त केवल कबितामा बाँच्नुछ
जसरी बाँचेथे मेरा प्रिय कविहरु।