दिनैपर्छ जान

वसन्त आउन पनि
जानैपर्छ एउटा हिउँदले ।
विदा हुनैपर्छ
कठ्याङ्ग्रिँदो ठिही
कोइलीको गान सुन्न ।

बग्नैपर्छ नदीले पनि
सागर भेट्न ।
र उड्नैपर्छ बाफ भएर
पहाडमा फर्किन
जम्न ।
र पग्लनैपर्छ हिमालहरु
खेत भिजाउन ।

जानेहरु- जान्छन्
जानेहरु- रोकिन्छन् र?
दिनैपर्छ जान
कोही अर्को आउन पनि।

@ विस्मय !