कविश्वर

कतै
भोक र रोगको विलाप छ ।
कतै
उन्मादी रहरको आलाप छ ।
कतै
अविरल आँशुको वहाव छ ।
कतै
असीम शोकको सन्ताप छ ।

कसरी मिल्नसक्छ एकसाथ?
रङ्गिन र रङ्गहीन
विभत्स र करुण
प्रेम र घृणा
रिस र मोह
मिलन र बिछोड…

दुुनियाँ जे छ
दुरूस्तै कविताजस्तै छ ।

त्यसैले त शङ्का लाग्छ
कतै
ईश्वर पनि कवि त थिएन ?

@ विस्मय !