घाम झुल्किन्छ, डुब्छ..

केही अदृश्य डोरी छ
जो मलाई बाँधिरहन्छ।
केही अस्पष्ट दायित्व
केही अस्मेल जिम्मेवारी

केही अलमल काम छ,
जो गर्नैपर्ने छ।
बिहान भयो-
खाना बनाउनुछ
साँझ पर्यो-
घर जानुछ

घाम झुल्किन्छ, डुब्छ..

हावा झैँ बत्तिने रहर
कसको हुँदैन?
तर,
दाइँको गोरुझैँ
मियोकै ओरिपरी
फनफनी घुमिरहेछ जीवन..

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *