मुठ्ठीभर जीवन..

मुठ्ठी कसेर हिँडेथेँ
केही पाउन।
के पाएँ त?

मुठ्ठीभर जीवन..

बन्द हत्केलामा कैद थियो
एक मुठ्ठी श्वास
एक मुठ्ठी प्रेम
एक मुठ्ठी घर
एक मुठ्ठी सम्बन्ध।

उघ्रिएका आँखाले त
केवल देख्छ
आँखाकै परिवेश
आँखाकै संसार

मैले-
मुठ्ठी खोलेँ
र आँखा चिम्लिएँ
लाग्यो,
सारा संसार मेरो भयो।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *