काव्यिक प्रेम

अपलक हेर्थे प्रेमिल हेराइ
तिम्रा आँखाभन्दा बाटुला शब्दहरुले।
बिस्तारै फुस्फुसाउँथे
ओठभन्दा रसिला भावहरु ।

लहराउँथे
रुपक, उपमा र प्रतिकहरु
जसरी लहराउँछन्
हावामा तिम्रो केश।

काव्यिक याचना!
या थियो
एउटा प्रेमको आह्वान ।

माफ गर प्रिय!
म तिमीलाई होइन
तिम्रा कवितालाई प्रेम गर्थेँ ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *