- विस्मय
- July 8, 2025
आँखाहरु
मेरो सामु हिमाल झैँ अटल ति आँखाहरु आज किन पग्लिन खोज्दैछन् हीमताल झैँ! बिछोडको ताप सहन नसकेर हो? या छोयो मेरो मनबाट उठेको बाफिलो हावाले?
हिँड्दा हिँड्दै थाकेँ र घर फर्किएँ घर खोज्दै हिँडेको’थेँ बेघर फर्किएँ। डराएर निस्किएँथेँ, कतै जान केही हुन थुम्थुम्याउँदै आफैँभित्र सम्हालिँदै रुन। चिनेँ संसार बुझेँ यात्रा
धूलो हैनौ प्रिय तिमी, आकाश छ तिमीभित्र अँध्यारोमा बाटो खोज्ने प्रकाश छ तिमीभित्र। एउटा फूल छ मग्मगाउँदो सामुन्ने छ बगैँचामा एउटा महक आभास हुने सुवास
हिँड्छ- तर हिँडाइमा संवेग छैन बोल्छ- तर बोलीमा छैन प्राण खान्छ- तर बिनास्वाद हेर्छ- तर मृत आँखाहरुले छुन्छ- तर छैन स्पर्शको स्पन्दन फलामको मुटु बोकेर
एउटा हवस थियो मनमा तिमीले छोयौ र त्यो प्रेममा बदलियो । जसरी एकै थोपो दूधले बदल्छ पानीको रङ्ग । जसरी एउटै जूनले बदल्छ रातको आकाश
घाम पानी सहेर बाँच्ने रहर चर्को छ यो भन्दा चर्को कुनै- जिन्दगानी अर्को छ? न ठेगान छ भविष्यको आजको भर छ उधारोमा बाँच्नुपर्ने लिलामीको डर
गन्थन पनि सुन्नुपर्थ्यो मैले तर हराएँ आफ्नै मनको भ्रम-विभ्रममा। साना मसिना कुराहरु पनि महसुस हुनुपर्थ्यो तिमीले सुनाएका तर खोजेँ तिमीभित्र कुनै विराट शान्ति आकाशजस्तै फैलिएको।