हतारो

सधैँ हतार हुन्छ,
घरबाट निस्किने बेलामा।

चाबी पो छुट्यो कि!
ढोका त लगाएँ नि!
गोजीमा वालेट ठिक छ
ग्यास त बन्द गरेँ नि!

हुन त,
ढिलै भएर पनि
के नै बिग्रिने हो र?

यता जीवन उस्तै छ
केही छुटेझैँ
केही बिर्सिएझैँ
सधैँको अन्यौल
सधैँको अलमल

खैर
सधैँ हतार हुन्छ
घरबाट निस्किने बेलामा।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *