कविताको स्वप्नशिखरबाट

केही किरमिर शब्द थिए
विशृङ्खलित
मैले
शब्द निफनेँ र हार लगाएँ ।

तिनै शब्दहरु
जुन तिमी बोल्छौ
जुन म बोल्छु ।

केही अस्पष्ट भाषा थिए
मुखर हुन बाँकी
मैले
थोरै आवाज दिएँ
र तिमीलाई सुनाएँ ।
सायद
त्यही कविता भयो ।

कविताको स्वप्नशिखरमा पुगेर
यसरी स्खलित हुन्छु
मानौँ
चरमोत्कर्ष महसुस गर्दैछु ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *