म बुझ्दिनँ
यो विराट ब्रह्माण्डको भेद ।
म जान्दिनँ
यो विशाल सृष्टिको अन्तर्य ।
मलाई धेरै कुरा याद छैन-
आकाश, बादल
पहाड र पर्वतको विज्ञान ।
इतिहास, दर्शन
धर्म र परम्पराको ज्ञान ।
प्रेमको गणित
सम्बन्धको परिभाषा
दैनिकीको समिकरण
र
जीवनको आयतन ।
मैले सबै बिर्सिएँ…
याद गर्नुपर्थ्यो?
उसो भए बताऊ न !
म को हुँ?