अपलक हेर्थे प्रेमिल हेराइ
तिम्रा आँखाभन्दा
बाटुला शब्दहरुले ।
बिस्तारै फुस्फुसाउँथे
ओठभन्दा रसिला भावहरु ।
लहराउँथे
रुपम, उपमा र प्रतिकहरु
जसरी
लहराउँछन् हावामा तिम्रो केश ।
मोहनी !
या थियो
एउटा उदात्त प्रेमको आह्वान ।
माफ गर प्रिय !
म तिमीलाई होइन
तिम्रा कवितालाई प्रेम गर्थेँ ।