भेट्न सक्नुपर्छ त्यसरी
जसरी
मिल्छन् दुई नदी
र बग्छन्
एकाकार भएर- समुद्रसम्मै ।
छुट्न सक्नुपर्छ त्यसरी
जसरी
गहिरो चुम्बनपछि पनि
छोड्छ भमरा- फूलको न्यानोपन ।
प्रेम, घृणा,
मिलन, बिछोड…
प्रिय!
संसारको ऋत सम्झनु ।
कुर्न सक्नुपर्छ त्यसैगरी
जसरी
मृत्युले कुर्छ मान्छेको आयु
एउटा जीवनभर ।