रहरभरि मनभरि

तिम्रै याद चलिराख्छ, रहरभरि मनभरि
भित्रभित्रै बलिराख्छ, रहरभरि मनभरि।

सपना छ कुल्कुलाउँदो, सँगै हाँस्ने सँगै रुने
सामिप्यमा मस्त भइ तिम्लाई छुने तिम्रै हुने।
काखमा तिम्रो निदाउँदै, आकाश छुने चरासरि
रङ्गमञ्च झैँ खेलिराख्छ, रहरभरि मनभरि।

हतार छैन जाउँ कतै, पुगुँ कतै अर्कै भूगो‌ल
बसुँ बरु निर्लिप्त भइ एकाकार भइ सगो‌ल।
रमुँ, झुमुँ, मुग्ध हुँदै, हराउँ आफ्नै ओरिपरी
उस्तै चाह जलिराख्छ रहरभरि मनभरि ।

तिम्रै याद चलिराख्छ, रहरभरि मनभरि
भित्रभित्रै बलिराख्छ, रहरभरि मनभरि।

@ विस्मय !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *