याद हुनुपर्छ

पर्खिनलाई के छ र एक जुग नै पर्खिनेछु, तर तिम्लाई हरेक क्षण याद हुनैपर्छ । समय हो बितिहाल्छ, आज भन्दै भोलि भन्दै, दिन बित्छ, रात बित्छ जीवन गन्दा गन्दै। तिम्रो ख्याल म गरुला हात थाम्नु‌ तिमी, तर तिम्लाई हरेक क्षण याद हुनैपर्छ । @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

गजल- कुटिल हाँसो मुस्कुराउँदो ओठ देखेँ घायल भएँ

कुटिल हाँसो मुस्कुराउँदो ओठ देखेँ घायल भएँ प्रेम दिएँ- बदलामा चोट देखेँ घायल भएँ । दिएकै’थेँ सारा खुसी, दिने नै’थेँ सधैँभरी, खै कस्तो चाहना’थ्यो, नोट देखेँ घायल भएँ। मिल्ने थियो, मिलाउँदै’थेँ, असमानता थियो तर- छेकछन्दै नमिलेको बनोट देखेँ घायल भएँ। @ विस्मय !   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 […]

कहिलेकाहीँ

कहिलेकाहीँ एउटै सिनेमा‌ले बोल्छ एउटा सिङ्गो जीवन। कहिलेकाहीँ एउटा गीतमै भेटिन्छ लामो कहानीको सार। कहिलेकाहीँ एउटा कवितामै मिल्छ सपनाको धून। कहिलेकाहीँ एउटा श्लोकले दिन्छ असीम आनन्द। कहिलेकाहीँ मन भरिएर आउँदा केवल एउटा हात काफी बन्छ मन बुझाउन। कहिलेकाहीँ आँशु नथामिएको बेला एउटा बोली पर्याप्त हुन्छ चित्त बुझाउन। कहिलेकाहीँ एक कप चियाले मेट्छ तिर्खाको तिर्सना। कहिलेकाहीँ […]

निबन्ध- तीन मिनेट रातो बत्ति; तीन मिनेटको मौनता

बाइक कुदाउँदैछु। सडकबत्ति बल्छ। रातो बत्ति। रोकिन्छु। तीन मिनेटको लागि रोकिन भन्छ बत्तिले। इन्जिन अफ गरेर चुपचाप बस्छु। घाम चर्किरहेछ तालुमाथि। निधारमा पसिना चिट्चिटाइरहेछ। धूलोको के कुरा गर्नु काठमाडौँमा ! धुवाँको नसा लिने आदत जो लागेको छ ! श्वास फेरिरहेझैँ- धुवाँ लिन्छु, धुवाँ फाल्छु। धूलो लिन्छु, धूलो फाल्छु। श्वासजस्तै, लिन्छु..फाल्छु.. छेउछाउ हेर्छु। मसँगै थुप्रै गाडीहरू […]

गजल- भग्न भइ‌ भत्किएका मन्दिरहरु मनग्गे छन्

देखाउन पो सकिन्न त पीरहरु मनग्गे छन् पिठ पछि गाढिएका झिरहरु मनग्गे छन्। देख्नेले त सपाट देख्छन्, सम्म सफा हराभरा कहालीले उक्लिएका भिरहरु मनग्गे छन्। धर्म भाक धूप बाल, ईश्वर आफैँ थाकेका छन् भग्न भइ‌ भत्किएका मन्दिरहरु मनग्गे छन्। सजिलै छ हेर्नलाई त पाइला मात्रै चालिरहे तर गोडा जेलिएका जन्जिरहरु मनग्गे छन्। @ विस्मय ! […]

गजल- सम्झनाका खातहरु भरिएर आउँन्

सम्झनाका खातहरु भरिएर आउँन् धुम्म धुवाँ प्रभातहरु भरिएर आउँछन्। स्मृतिमा ताजै छन्, के बिर्सन्थ्यो मस्तिष्कले? बनि तिनै सौगातहरु भरिएर आउँछन्। आँशु थिए, हाँसो थिए, स्फुर्तिका दिन अनि बेहोसीका मातहरु भरिएर आउँछन्। बदलिएका ति दिनहरु उस्तै बनी सम्झनामा तिता मिठा साथहरु भरिएर आउँछन्। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]

गजल- पर्खालदेखि उता के छ?

रोकिएँ म यतैतिर पर्खाल देखि उता के छ? पर्दा लाग्यो बत्ति निभ्यो झ्याल देखि उता के छ? भिड थियो हराएँ म अल्मलिएँ भिडभित्र छिचोलेर कोलाहलको बगाल देखि उता के छ? जवाफ खोज्दै आँखाभरी बत्तिएँथेँ त्यतैतिर हेर्न मन छ एकोहोरो सवाल देखि उता के छ? अस्तव्यस्त सम्बन्ध छ अस्तव्यस्त मान्छेहरु अस्तव्यस्तै शहरको यो बेहालदेखि उता के […]

गजल- फरक पर्छ सम्बन्धमा

दुवैजना चुपचाप हुँदा फरक पर्छ सम्बन्धमा मनभित्र सन्ताप हुँदा फरक पर्छ सम्बन्धमा। आँशु झर्छ यथार्थ हो, मन रुँदा भक्कानिँदा एकोहोरो प्रलाप हुँदा फरक पर्छ सम्बन्धमा। मर्यादाको सीमारेखा झिनो हुन्छ, देख्नुपर्छ अर्कैतिर झुकाब हुँदा फरक पर्छ सम्बन्धमा। सन्तुलनको तराजुमा अडिएको सम्बन्ध छ एकैतर्फी दबाब हुँदा फरक पर्छ सम्बन्धमा। @ विस्मय ! 0 Facebook 0 Twitter 0 […]

बत्ती निभेपछि

बत्ती निभेपछि एउटा संसार सुरु हुन्छ नसोध्नु त्यहाँ के हुन्छ ! कोही निदाउँछ मस्त कोही निदाएको नाटकमा हुन्छ कोही लुसुक्क छिर्छ झ्यालबाट कोही निस्किँदैहुन्छ कतै कुनाबाट अझ कतै कतै त सुनिन सक्छ केही आवाज मिहिन चित्कार मधुरो वेदना आज पनि  साँझ त पर्दैछ पर्दा लाग्दैछ बत्ती निभ्दैछ… @ विस्मय ! 0 Facebook 0 Twitter 0 […]

तिम्ले भुल्नु एउटा कुरा

तिम्ले भुल्नु एउटा कुरा मैले भुल्नु एउटा कुरा, भुल सम्झी भुल्न खोज्नु या नभुल्नु एउटा कुरा । नसोचेको यात्रा थियो नसोचेरै बाटो टुट्यो, अनाहकमै भेटिएथ्यौँ थाहै नपाई मोह छुट्यो । मन बुझाउनु एउटा कुरा नबुझाउनु एउटा कुरा, मनै न हो अडिँदैन, अन्तै डुल्नु एउटा कुरा । हो था छ, त्यो यात्रा थियो, गन्तव्य त जरुर […]