बग्दै आएको खोलालाई सोध्नु
कति फोहोर थिगारेर
सङ्ग्लिएको छ ऊ !
हिँड्दै आएको बटुवालाई सोध्नु
कति ठेस र कैँडा सहेर
उभिएका छन् ति गोडाहरु !
दुखेसा त छन्-
तिम्रा पनि छन्
मेरा पनि छन्
देखाउन मिल्दैन र पो !
खैर,
सुन्छु भन्छौ
अभितापका शृङ्खलाहरु
सुन्न सक्छौ त?
उसो भए लौ सुन
म भन्छु
मेरो रामकहानी ।