बात मारी छुट्टिँदा नि बात बाँकी रहोस्
दूरी हुँदा सम्झनाको साथ बाँकी रहोस् ।
पक्रिएका हत्केला र खेलाएका औँलाहरु,
मनैमनमा गढिएको हात बाँकी रहोस् ।
चहारेका गल्लीहरु अनेकौँ छन् स्मृतिमा
लछप्पै त्यो जवानीको वर्षात बाँकी रहोस् ।
अस्ताउँछ नै उदाएको सूर्य पनि साँझतिर,
फेरि अर्को बिहानीको प्रभात बाँकी रहोस् ।