बिर्सिनु त पटक्कै थिएन
आफू हिँडेर आएको बाटो
तर बिर्सिएँ
एउटा घर थियो सायद
पार भएँ
र बिर्सिएँ।
कोही थियो पर्खिएको
पार भएँ
र बिर्सिएँ।
कतिलाई पो सम्झिनु खै!
नाम सम्झिन्छु- अनुहार बिर्सिन्छु
अनुहार सम्झिन्छु- नाम बिर्सिन्छु
बिर्सिनु त पटक्कै थिएन
आफू हिँडेर आएको बाटो
तर बिर्सिएँ