गहिराइ
गहिरो दु:ख- शान्त हुन्छ गहिरो प्रेम- शान्त हुन्छ प्राय: शान्त रहन्छ- गहिरो खुसी, गहिरो समर्पण। शान्त रहन्छन् कालजयी सृजनाहरु शान्त रहन्छन् गहिरो प्रेममा डुबेकाहरु म हरेक चिजलाई त्यस्तै गहिराईबाट छुन चाहन्छु। र चाहन्छु त्यसरी नै शान्त रहन जसरी शान्त बग्ने गर्छ गहिरो नदी… 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp