गोधूलि

डढेको क्षितिज मन पर्छ मलाई।
जस्तो-
बिस्तारै रङ्ग भर्दैछ प्रकृति
आकाशको क्यानभासमा।

रङ्गहरु समेटेर अनन्तमा
गुलाबी, बैजनी,
सुन्तले, खरानी…

कति मेहेनतले
जतनले
सिँगारिरहेझैँ!

अनि अन्त्यमा?
कालो कराल रात्री
निस्सार अन्त्य
र नीरव सन्नाटा।

मलाई
डढेको क्षितिज जीवनजस्तै लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *