चङ्गा

मिलाउँदा मिलाउँदै
तान्दा तान्दै
सम्हाल्दा सम्हाल्दै
एकदिन-
लट्टाईको धागो चुँडिएझैँ
चटक्क चुँडिएर जान्छ जिन्दगी।

अनि
बिलाउँछ अनन्त आकाशमा-
चङ्गा जस्तै……

Leave a Reply

Your email address will not be published. Required fields are marked *