बालकृष्ण समको कविता- इच्छा

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युशैया जली मेरो रक्त सुकाउँला म गरूँला अन्योल भै छट्पटी त्यो बेला मुखमा बुटीहरू परुन् नेपालकै केवल जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१। “यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐश्वर्यको” यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाऊँ वहाँ साक्षी […]

अग्लो पहाडबाट

अग्लो पहाडमा- उम्रँदैन घाँस चल्दैन बतास। अग्लो पहाडमा- गाह्रो छ सास फेर्न त्यहाँ अक्सिजनको अभाव छ। अग्लो पहाडमा- टेक्न सकिन्न टेके पनि अडिन्न अडिए नि बसिन्न बसे पनि क्षणिक हुन्छ। अग्लो पहाडबाट- ओर्लीनैपर्छ एक दिन चढ्नेहरु। मलाई अग्लो पहाडसँग डर लाग्छ। मलाई अग्लिन डर लाग्छ।   0 Facebook 1 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

अनुत्तरित प्रश्न

कति पर पुग्नुछ? कसलाई त्यहाँ भेट्नुछ? कती कर्म गर्नुछ? कती याद मेट्नुछ? कती मान्छे मोडैपिच्छे ठोकिनु र छुट्नुछ? कती नाता जोड्नुछ र कती मुटु टुट्नुछ? को छ र समेट्ने यो, कसलाई कहाँ भेट्ने हो? जीवन यो कहाँसम्म अझै कति अन्यौल छ? शून्य, खाली सबैतिर यसको कहाँ निर्क्यौल छ?   0 Facebook 0 Twitter 0 Linkedin […]

गोपालप्रसाद रिमालको कविता- म तिमीलाई गर्भाधान गर्छु

ओ युवती, ओ रूपवती तिमीसित मेरो घामपानीजस्तो मिलन भयो, तिमीलाई सम्झना होला- हामी बादलजस्तै गुटुमुटु पनि भएका छौँ त्यो बादलमा इन्द्रधनु पर्‍यो, झरी लाग्यो, हुरी आयो, अनि हामी अकासजस्तै सङ्ला पनि भयौँ, तिम्रो गहिराइमा, तिम्रो गम्भीरतामा ओ सुन्दरी- मेरो उत्ताउलो उचाइ हराएको छ, हामी रोएका छौँ, हामी हाँसेका छौँ, तर आजको होसले ती सब कुरालाई […]

कोही त चाहिन्छ

प्रचण्ड रिसको आवेग अनि अशान्त मनको उद्वेग शान्त गरिदिन- चाहिन्छ विशाल हृदय! जसरी गडगडाएको विकराल खहरे शान्त बनाउँछ सागर आफूमै समाहित गराएर…     0 Facebook 1 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

गल्लीको ठेला

गल्लीको त्यो ठेलाबाट चिया पिउँदै- कति प्रेम सुरु भए र टुङ्गिए कति योजनाहरु बने र भत्किए कति यात्रीहरु आए र अस्ताए। ठेलाले के देखेन? प्रेम-बिछोड आँशु-हाँसो कसैको केही सुनिदिने कोही नहुँदा पनि सुनिरह्यो ठेला पिलाइरह्यो चिया। सुन्दैछु- आजकल गल्लीबाट ठेला गायब छ रे!     0 Facebook 1 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]

गोधूलि

डढेको क्षितिज मन पर्छ मलाई। जस्तो- बिस्तारै रङ्ग भर्दैछ प्रकृति आकाशको क्यानभासमा। रङ्गहरु समेटेर अनन्तमा गुलाबी, बैजनी, सुन्तले, खरानी… कति मेहेनतले जतनले सिँगारिरहेझैँ! अनि अन्त्यमा? कालो कराल रात्री निस्सार अन्त्य र नीरव सन्नाटा। मलाई डढेको क्षितिज जीवनजस्तै लाग्छ। 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

चङ्गा

मिलाउँदा मिलाउँदै तान्दा तान्दै सम्हाल्दा सम्हाल्दै एकदिन- लट्टाईको धागो चुँडिएझैँ चटक्क चुँडिएर जान्छ जिन्दगी। अनि बिलाउँछ अनन्त आकाशमा- चङ्गा जस्तै…… 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 1 Whatsapp

महाकविको कविता- यात्री

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो? मानिसहरूका काँध चढी कुन देवपुरीमा जाने हो? हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार, मस्तिष्कको यो सुनको छानो, इन्द्रियहरूका द्वार, नशा-नदीका तरल तरङ्ग, मन्दिर आफू अपार, कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार? मनको सुन्दर सिंहासनमा जगदीश्वरको राज चेतनको यो ज्योतिहिरण्य, […]

पारिजातको कविता- प्रिये ! आज बिदाको दिन हो

प्रिये ! आज बिदाको दिन हो के मलाई हेरिदिन्नौ? ती सागर नयनहरुले जसका प्रदर्शन पहिल्याइ मलाई जीवनको किनारा पुग्नु छ। प्रिये ! आज आत्मसमर्पणको दिन हो के! मलाई पहिराइदिन्नौ? अश्रुबूँदहरूको माला- जसको पत्र-पत्रको सुगन्धमा आफैँलाई समावेश गर्नुछ । प्रिये ! आज मैले जीवन बिसर्जन गरेँ के मलाई समात्न दिन्नौ? सम्झनाको त्यो झिनो धागो जसमा झुण्डिदै झुण्डिदै मैले अन्तिम […]