हरिभक्त कटुवालको कविता- जीवन: एक दृष्टि

घरि घरि हावा भरिरहनु पर्ने पङ्कचर भएको- बाइस्कलको ट्यूब जस्तो यो जीवन कति टिठलाग्दो छ ! टाल्यो- उप्किन्छ उप्किन्छ- टाल्यो टाल्दा टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ र पनि नटाली धर छैन नगुडी चक्कालाई सुख छैन ! गुड्दा गुड्दै जब असंख्य भ्वाङ पर्छन् टाल्नै नसकिने- ट्युबमा अनि फेकिन्छ निर्दयतापूर्वक डष्टबिनमा वा कुनै नालीमा । घरि घरि हावा भरिरहनु […]

चियासँग संवाद गर्छु

जब पुषको ठिहीले अत्याउँछ र ठिहिर्‍याउँछ भित्रैबाट। जब चिस्सिन्छ मन,मष्तिस्क र आत्मा कसैको अभावमा। जब कहाली बन्छन् जीवनका कहानीहरु र बज्न थाल्छ अन्यौलको सारङ्गी। जब बिउँझिएपछि झस्काउन आउँछन् राती देखिएका विभत्स सपनाहरु। ए चिया~ तँ नहुँदो होस् त मेरो दिन कस्तो हुन्थ्यो होला? 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

हराएको नदी

उहिले उहिले जमानाकै कुरा हो त्यहाँ एउटा नदी बग्थ्यो- शान्त, सफा, कञ्चन… नदीको किनार बिस्तारै बस्यो बस्ती। बस्ती- गाऊँ बन्यो गाऊँ- शहर बन्यो। आजकल-शहरको किनारमा एउटा ढल बग्दैछ। 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

जीवन- एक गुरू

जीवनभन्दा ठूलो गुरु को छ र संसारमा? दु:खले सिकाउँछ- काँडाको महत्व यात्राले सिकाउँछ- भिर र समथरको फरक प्रेमले सिकाउँछ- सम्बन्धलाई बचाइराख्न सपनाले सिकाउँछ- जीवनको मूल्य हरपल, हरक्षण हर मोड र हर गल्लीहरुमा लर्खराउँदै हिँडिरहँदा औँला समाई डोहोर्‍याइरहे मेरा गुरुहरु.. 0 Facebook 1 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

जीवनको पाना

दूधे बच्चा- बिस्तारै बिउँझिएझैँ। सुहागरातमा बेहुलीले- सुस्तरी घुम्टो हटाएझैँ। लामो झरीपछिको पहाड- छ्याङ्ग उघ्रिएझैँ। फेरी अर्को बिहान झुल्किएछ मानौँ- बिस्तारै उघ्रिँदैछ जीवनको अर्को पाना… 0 Facebook 1 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

हर बिहान

हर बिहान- चियाको मिठो हरकले बिउँझाउँछ मलाई र तङ्ग्राउँछ पातला चुस्कीहरुले। हर बिहान- भालेको पहिलो डाकमै आइपुग्छ कलकलाउँदो रहर। हर बिहान- घामको पहिलो स्पर्श सुम्सुम्याउँछ कलिला किरणहरुले। हर बिहान- चियाका हरेक घुट्कीहरू बोकेर आउँछ अतितको मिठो सम्झना। 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

मान्छे असल थियो

मान्छे असल थियो-असल सोच्थ्यो,असल बोल्थ्यो, असल हेर्थ्यो,असल गर्थ्यो। ऊ त्यती असल थियो… एकदिन- भिड चिच्यायो:‘मान्छे पनि असल हुन्छ कतै? असल त केवल भगवान हुन्छन्!’ रत्यही दिन भिडले उसलाई मारिदियो। मान्छे असल थियो- मर्‍यो। अहिले- गाउँमा उसको नामको मन्दिर छ। 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp