युद्ध यती भिषण छ कि
कराल छ समय।
मृत्युको छ विभिषिका
विकराल भय।
वरिपरी आफन्त छन्
सबै आफ्नै परिवार छन्।
तर हातमा तरबार छन्
झम्टिनलाई उद्धत छन्।
दुरस्तै छ ‘अभिमन्यु’
तिम्रो जस्तै मेरो पनि।
नियत,हालत,परिस्थिति
तिम्रो जस्तै मेरो पनि।
तर-
लड्नुछ र लड्दैछु
तिमी जस्तै म पनि।