जीवन-रेखा

मान्नुस्- समय छोटो छ। मान्नुस्- यात्रा लामो छ। मान्नुस्- जीवन रेखिय छैन एउटै रेखामा हिँड्दैन। अति नै पातलो रेखा हुन्छ- भ्रम र यथार्थबिच सत्य र असत्यबिच प्रेम र अप्रेमबिच विश्वास र अविश्वास बिच। मान्नुस्- सत्य यती सत्य हुन्छ कि! सत्य स्विकार्नै कठीन हुन्छ। मान्नुस्…   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]

नदीको क्षेत्रफल

उसलाई याद छ आफ्नो बाटो आदिम कालमा उसैका पुर्खाहरुले कोरेको डोर। उसलाई याद छ कटान र किनाराको सिमा वर्षौँ अगाडी उसैका भेलहरुले सम्याएको धर्सो। उसलाई पुरा पुरा याद छ कहाँ बग्ने र कति बग्ने कसरी बग्ने र किन बग्ने! तिमीले पो बरु बिर्सिएथ्यौ आफ्नो क्षेत्रफल र रोकिदिएथ्यौ उसैको वेग। नदी अहिले आफ्नो क्षेत्रफ‌ल माग्दैछ के […]

माधव प्रसाद घिमिरेको कविता- नवयुवक

जूँघारेखी भरखर बसी मुस्कुराईरहेको को होला त्यो कुन लहडमा गीत गाईरहेको त्यो हो हाम्रै तरुण–वयको याद आईरहेको डाकी नौला दिनहरू नयाँ गीत गाईरहेको । (१) तिम्रा लामा सबल भुज छन् शैल बोक्लान् समान छाती तिम्रो दृढतर छ त्यो वज्र रोक्लान् समान तिम्रै कन्धाउपर युगको भार राखीदिउँ कि ! मागी तिम्रै हृदय म पनि बैँसमा फर्किऊँ […]

थोपा-थोपा रित्तिरह्यो

पानी जस्तै जिन्दगानी, थोपा थोपा रित्तिरह्यो। हाम्रो प्रेमको कहानी, थोपा थोपा रित्तिरह्यो। त्यो छुवाई,त्यो जिस्काई, उन्मुक्त ती रहरहरु। चपल,चञ्चल जवानी थोपा थोपा रित्तिरह्यो। त्यो मुस्कान, त्यो हाँसो, त्यो मुहारको सुन्दरता। क्षणिक रैछ जवानी, थोपा थोपा रित्तिरह्यो।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

अर्को एक बिहान

बिहानै- भाले करायो बाटोमा बटुवा हिँड्न लागे धुपको मिठो सुगन्ध नाकैमा ठोकियो चियाको बाफिलो महक हर्हरायो कतै टाढा मधुर भजन बिस्तारै गुञ्जियो हरे राम! को आलाप शङ्ख र घन्टको गाइँगुइँ। बिहानै- एकैछिनमा धेरै- धेरै नै कुरा भयो। तर आजको बिहान पनि तिमीबिनै बित्नेछ सधैँ झैँ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

भैरव अर्यालको कविता- अमरावती कान्तिपुरी नगरी

कतिका दिन याहिँ बिते सुखले यतिका कविता रचिए मुखले । अब झल्झल भो म भुलूँ कसरी अमरावति कान्तिपुरी नगरी। — कहिँ घर्घर ज्यावल–मेशिनको कहिं चिर्बिर गान रसिला चरिको हरियो गहुँ झुल्दछ फाँटभरी अलकापुरि कान्तिपुरी नगरी। — कटि कूच कसी हिँडन्या युवती चलन्या पथमा नलजाई रति सँगमा छ युवादल ओरिपरी अमरावति कान्तिपुरी नगरी। — पथ सात–फुटे […]

सपनाले प्रश्न गर्दैछ

उहिलै जमानाकै कुरा हो~ एउटा सपना हुने गर्थ्यो अजङ्गको! सपनामा भविष्य हुन्थ्यो योजना हुन्थ्यो मूर्त-अमूर्त तिलस्मी-रङ्गीन थान थान रहरहरु हुन्थे। बिस्तारै सपना शहर पस्यो र हरायो मान्छेहरुको भिडमा खिइँदै गयो~ दुब्लायो! आज वर्षौँपछि सपनाले प्रश्न गर्दैछ- के जिन्दगी पनि सपना थियो? -विस्मय! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

दैवज्ञराज न्यौपानेको कविता- म त्यस वेला पनि

समय छाल बनेर बग्दैछ म नदी किनाराको वृक्ष भएर अडेको छु; कतिखेर, कुन दिन, अझै वेगको आँधी आउने हो त्यतिखेर, म चूपचाप किनाराबाट उखेलिएर कुनै गन्तव्यहीन यात्राका लागि लक्ष्यहीन यात्री बनेर जानेछु। त्यतिखेर मेरा हाँगा र पातहरूमा कुनै स्पन्दन रहने छैन; मेरा शाखा प्रशाखाहरूमा कुनै चरा आएर बस्ने छैनन्; पुतली रमाएर खेल्ने छैनन्; छु भन्नुको […]

केदारमान व्यथितको कविता- खुला-पत्र

मभन्दा बलवान् संपूर्ण हजूरहरुलाइ मैले आफ्नै शिर-पोश सम्झिरह्को छु, मभन्दा कमजोर सम्पूर्ण तिमीहरुलाइ मैले आफ्नै पाउ-पोश ठानिरहेको छु ।                           भवदीय                   कार्यवाहक सभापति                     मध्य-वित्त समाज                           नेपाल   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

विजय मल्लको कविता- तिमी हाँसे

प्रिये, त्यो दिन सम्झँदा तिमी नै यस खोलाको तरंगबाट लहरिँदै आउँछ्यौ। अहिले चीसो हावाले कानमा सरसराएर भनेको तिमीले बोलेजस्तो लाग्छ । पर्वतको अविच्छिन्न मालालाई हेरेर विस्मयलाई अँगालेजस्तो हात बाँधेर भनेकी थियौ – यसको पार पाइन्छ ? मैले भनेथेँ- पाइन्छ । बागमतीको नागबेलीलाई हेरेर अनिश्चितताले औँला टोकेझैँ तिमीले त भनेकी थियौ – यसको मूल भेटिएला ? मैले भनेथेँ […]