जीवन-रेखा

मान्नुस्-
समय छोटो छ।
मान्नुस्-
यात्रा लामो छ।
मान्नुस्-
जीवन रेखिय छैन
एउटै रेखामा हिँड्दैन।

अति नै पातलो रेखा हुन्छ-
भ्रम र यथार्थबिच
सत्य र असत्यबिच
प्रेम र अप्रेमबिच
विश्वास र अविश्वास बिच।

मान्नुस्-
सत्य यती सत्य हुन्छ कि!
सत्य स्विकार्नै कठीन हुन्छ।

मान्नुस्…

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *