उसलाई याद छ आफ्नो बाटो
आदिम कालमा
उसैका पुर्खाहरुले कोरेको डोर।
उसलाई याद छ
कटान र किनाराको सिमा
वर्षौँ अगाडी
उसैका भेलहरुले सम्याएको धर्सो।
उसलाई पुरा पुरा याद छ
कहाँ बग्ने र कति बग्ने
कसरी बग्ने र किन बग्ने!
तिमीले पो बरु बिर्सिएथ्यौ
आफ्नो क्षेत्रफल
र रोकिदिएथ्यौ उसैको वेग।
नदी
अहिले आफ्नो क्षेत्रफल माग्दैछ
के तिमी दिन सक्छौ?