बिहानै-
भाले करायो
बाटोमा बटुवा हिँड्न लागे
धुपको मिठो सुगन्ध नाकैमा ठोकियो
चियाको बाफिलो महक हर्हरायो
कतै टाढा
मधुर भजन बिस्तारै गुञ्जियो
हरे राम! को आलाप
शङ्ख र घन्टको गाइँगुइँ।
बिहानै-
एकैछिनमा धेरै- धेरै नै कुरा भयो।
तर
आजको बिहान पनि तिमीबिनै बित्नेछ
सधैँ झैँ।