भ्रममा नपर्नुहोला!

भागेको हैन, थाकेको हुँ, भ्रममा नपर्नुहोला। विश्राम थोरै राखेको हुँ, भ्रममा नपर्नुहोला। लड्नै छ अझै पनि, भिड्नुछ धेरैसँग। पुग्नै छ गन्तव्यमा, हिँड्नुछ धेरैपर। बाटोको फल चाखेको हुँ, भ्रममा नपर्नुहोला। विश्राम थोरै राखेको हुँ, भ्रममा नपर्नुहोला।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

रोपाईँ

हिलोमा चोबलिनु र लछप्पै भई निस्किनु। गोरुको पछि हिँड्नु र पुछर समाई जिस्किनु। गाउनु, कराउनु, मग्न भई हराउनु। भिज्नु यस्तरी कि केहीसँग नडराउनु। अझै याद छ, त्यो बचपन अनि त्यो रोपाईँ। मानौँ खेतको आलीबाट बिस्तारै निस्किएर सपना सम्याईरहेछ जिन्दगी।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

चियाको कपबाट

चियाको कपबाट बाफिँदै उड्छन् उसका यादहरु। चियाको कपबाट सुगन्ध छोड्छ उसैको उपस्थिति। चियाको कपबाट हर बिहान फर्किएर आउँछ एउटा मिठो चुम्बन। थाहा छ- ऊ साथ छैन कोही साथ हुनु र नहुनुले फरक पर्छ र जिन्दगीमा? फरक पर्छ- धेरै नै पर्छ। प्रिय, आज पनि मैले तिम्रो लागी चिया बनाएँ।   0 Facebook 0 Twitter 0 Linkedin […]

हरेक बिहान

हरेक बिहान- मसँगै उठ्छन् मेरा जिम्मेवारीहरु प‍‍ूरा हुन नसकेका सपनाहरु आसाहरु, निराशाहरु यादहरु, सम्झनाहरु… हर बिहान- मसँगै बिउँझिरहन्छ जिन्दगी।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

भविष्य

याद छ? तिमीले महत्व दिएका महत्वहीन सम्बन्धहरु! या तिमीले रोएर बिताएका अर्थहीन रातहरु! याद छ? जसका लागि सयौँ पल तड्पिएर बिताएथ्यौ! के पायौ त? बिर्सिदेउ सबै कुरा क्षितिजमा हेर त! एउटा सुनौलो बिहान  तिम्रै लागि कुरेर बसेको। एउटा स्वर्णिम भविष्य तिमीलाई नै पर्खेर बसेको छ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

तिमी साथ भए

यो विभत्स रात यो कठीन दिन यो पिडाको समय यो व्यथाले भरिएको मौसम… यो पर्खाइ यो थकाइ यो वैराग्य यो दिक्दारी। कहिलेसम्म चल्ने हो? कसरी रहने हो? सायद सबै दुःख हराउँथ्यो होला तिमी साथ भए!   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

केही छैन!

प्रेम तिम्रो, धोका तिम्रो, मेरो के छ? केही छैन! हात तिम्रो, साथ तिम्रो मेरो के छ? केही छैन! यात्रा तिम्रो, बाटो तिम्रो, मर्जी तिम्रो, आदेश तिम्रो। सुर तिम्रो, ताल तिम्रो, गीत तिम्रो, सङ्गीत तिम्रो। साथ तिम्रो, हात तिम्रो, मात तिम्रो, सौगात तिम्रो। मेरो के छ? केही छैन!   0 Facebook 0 Twitter 0 Linkedin 0 […]

केही मान्छेहरु

(भारतीय कवि नरेश सक्सेनाको कविता कुछ लोगबाट अनूदित।) केही मान्छेहरु- खुट्टाले हिँड्दैनन् दिमागले हिँड्छन्। यिनीहरु जुत्ता खोज्ने गर्छन् आफ्नो दिमागको नापको।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

बुद्ध वाज बर्न इन नेपाल!

हातमा मसाल मुहारमा आक्रोश अनि खुट्टामा देश बनाउने रफ्तार बोकेर ऊ मेरो छेउ आयो। सोध्यो- तिमी कुन देशको? भनेँ-नेपाल। सोध्यो- प्रमाण के छ? भनेँ- प्रत्यक्षलाई प्रमाण चाहिन्छ? ऊ~ एकछिन अक्मकायो र शान्त भयो। अनि आदेश दियो बिस्तारै- ‘उसो भए भन- बुद्ध वाज बर्न इन नेपाल!’   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

चियाको भाषा

भाषा थिएन तर संवाद थियो। शब्द थिएन तर थियो पुरा वाक्य। एउटा मुक संवाद एउटा मौन भाषा जुन चियाको कपबाट निस्किन्थ्यो अनि मुस्कानबाट सुरु हुन्थ्यो। हरेक दिन उही ठेला हरेक बिहान उही चिया। हरेक बिहान- यसरी अनेक अपरिचितहरु चियाको चुस्किबाट निस्किएर परिचित बन्ने गर्थे।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]