भ्रममा नपर्नुहोला!

भागेको हैन, थाकेको हुँ,
भ्रममा नपर्नुहोला।
विश्राम थोरै राखेको हुँ,
भ्रममा नपर्नुहोला।

लड्नै छ अझै पनि,
भिड्नुछ धेरैसँग।
पुग्नै छ गन्तव्यमा,
हिँड्नुछ धेरैपर।

बाटोको फल चाखेको हुँ,
भ्रममा नपर्नुहोला।
विश्राम थोरै राखेको हुँ,
भ्रममा नपर्नुहोला।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *