तिमीलाई बिर्सिन्छु भनेकै दिन
तिमीलाई बिर्सिन्छु भनेकै दिन झरी पर्छ, मन्द बतास चल्छ, अनि आउँछ याद गुलाबी छातामा हामी दुई ओतिएको आँखाहरु चार भएको, तिमीलाई बिर्सिन्छु भनेकै दिन, जून मुस्कुराउँछ झ्यालका पर्दाहरुमा, अनि आउँछ याद जूनेली रातको बदमासी बातको तिम्रो सामिप्य साथको । ~ सिर्जु शाह (@srijushah) 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 […]