अज्ञेयको कविता- चिया पिउँदैगर्दा

चिया पिउँदैगर्दा अक्सर म मेरा बालाई सम्झिरहेको हुन्छु । तपाईँले कहिल्यै चिया पिउँदै बालाई सम्झिनुभएको छ ? खासै राम्रो कुरा त होइन बालाई सम्झिनु पनि ! बिस्तारै- आफ्नै सच्चाई बाहिर निस्किन थाल्छ र हामी कोही अर्कै भइदिन सक्छौँ । तर सोचाईको बिडम्बना हेर्नुस् न ! सच्चाई लुक्नै सक्दैन देखिन्छ- हामी कोही अर्कै भइरहेको बिस्तारै बाको […]

प्रेम र युद्ध

युद्धको समय- रहँदैन दया हेरिँदैन न्याय राखिँदैन धैर्य सुनिँदैन चित्कार । धोका, भ्रम, छल अनि झुट… युद्ध- केवल युद्ध हुन्छ । तिमीलाई थाहा छ नि होइन? प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ !   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

सौगातको- ‘तारिख’

प्रेमको अदालतमा- धोकाको मुद्दा चलिरहेछ यो मस्तिष्कको इजलासमा, उनका यादहरु प्रतिवादी बनेर उभिइरहेका छन् । अचेल, सोचाइको कठघरामा कैद छ आफ्‍नै जिन्दगी यसकारण धाउन बाध्य भएको छु, एक्लोपनको तारिख उनकै नामरुपी तारिख पर्चा बोकेर ।। 2 Facebook 1 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

तीन टुक्रा- चिया

जीवन- एक चुस्की एक सुरुप र एक घुट्की । सम्बन्ध- एक स्वाद एक मिठास र एक तलतल प्रेम- एक बास्ना एक महक र एक बाफ ।   1 Facebook 8 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

ईश्वरवल्लभको कविता- निरीह

केही विम्ब देखिन थालेका छन् पानीमा घाम अल्झेको छ, कतै गीत जस्तो नदीको किनार फेरि मनमा बल्झेको छ । बिराना बादल कता-कता आकाशमा उड्छन् स्वप्नबस्ती खोज्छन् उत्तरतिर गइरहेको कर्याङ कुरुङको ताँति भ्रान्त मन भ्रान्त पथ भ्रान्त पथिक आज फेरि एउटा आरुको फूल निरीह झरेको छ पानी बगिरहेको छ ।   0 Facebook 0 Twitter 0 […]

हजार सपनाहरु

बिहानै- एक हुल रङ्गिन सपनाहरु आए र मल्टीकलरमा चल्मलाए। मनको रङ्गमञ्चमा उफ्रिए, गाए, कराए पर्दा खस्यो अनि हराए। जसरी अस्ताएका थिए वर्षौँ वर्षका हजारौँ हजार सपनाहरु। मलाई यतिबेला मेरा ति हजार सपनाहरुको माया लागेर आउँदैछ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

अन्तिम हरफ

जीवन कुनै आधा बनेको घरजस्तै थियो जहाँ केवल एक्लो डकर्मी थिएँ म र बिचैमा काम छोडेर हिँडिदिएँ। जस्तो कुर्सीको खुट्टै नजोडी बिचैमा भाग्छ सिकर्मी। जस्तो आधा कविता बिचैमा छाडेर वैरागी बन्छ कवि। जस्तो चित्र बनाउँदा बनाउँदै विरुप चित्र देखेर आफैँ झस्किन्छ र कुची भाँच्छ चित्रकार। जिन्दगी आजकल कुनै पुरा नभएको उपन्यासजस्तै भा’छ जसको अन्तिम हरफ […]

तासको घर

बिस्तारै अङ्कुराउँछ सम्बन्ध- फुल्छ, फल्छ र फक्रिँदै पुग्छ उत्कर्षमा। कति सपना सजिन्छन् कति योजना बनिन्छन् कति वाचा कति प्रणहरु बन्छन् भत्किन्छन् भत्किन्छन् बन्छन्। सम्बन्ध- प्रस्तरको महलझैँ बिस्तारै उठ्छ घामपानी खप्छ तप्छ। अनि एकदिन अचानक~ तासको घरझैँ ढल्छ अनाहकमै त्यतिबेला चुपचाप हेर्नबाहेक विकल्प रहन्न…   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 […]

मोतिराम भट्टको गज़ल

फाहा घसेर बादरा हज्जार लगाये, बिन्ती छ बिन्ति सुन्दरी मिस्सी न लगाये ।। ठट्टा गर्यौ त बेस् गर्यौ हुन्छ सहन्छु, मैले पनी गरेँ भने तिम्ले न रिसाये ।। बाजा बजाउ सुन्दछु एक्मन् दिई हरी, मोती भनेर कोइ् गजल् गीत न गाये ।।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

अ-साधारण

साधारण यती बनुँ कि- गीत सुनुँ र मग्न रहुँ। साधारण यती बनुँ कि- कबिता पढुँ र मुग्ध बनुँ। साधारण यती बनुँ कि- कुनै सानो बालकको पातलो मुस्कानमा समेत देख्न सकुँ अथाह प्रेम। साधारण यती बनुँ कि- सधैँ साधारण बनिरहन सकुँ।   0 Facebook 3 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp