जीवन
कुनै आधा बनेको घरजस्तै थियो
जहाँ
केवल एक्लो डकर्मी थिएँ म
र बिचैमा काम छोडेर हिँडिदिएँ।
जस्तो
कुर्सीको खुट्टै नजोडी
बिचैमा भाग्छ सिकर्मी।
जस्तो
आधा कविता बिचैमा छाडेर
वैरागी बन्छ कवि।
जस्तो
चित्र बनाउँदा बनाउँदै
विरुप चित्र देखेर आफैँ झस्किन्छ
र कुची भाँच्छ चित्रकार।
जिन्दगी आजकल
कुनै पुरा नभएको उपन्यासजस्तै भा’छ
जसको
अन्तिम हरफ लेखिनै बाँकी छ।