हजार सपनाहरु

बिहानै-
एक हुल रङ्गिन सपनाहरु आए
र मल्टीकलरमा चल्मलाए।

मनको रङ्गमञ्चमा
उफ्रिए, गाए, कराए
पर्दा खस्यो
अनि हराए।

जसरी अस्ताएका थिए
वर्षौँ वर्षका
हजारौँ हजार सपनाहरु।

मलाई यतिबेला
मेरा ति हजार सपनाहरुको
माया लागेर आउँदैछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *