सपना

हरेक रात एउटा सपना आउँछ र अत्याइदिन्छ भित्रैसम्म । विभ्रम, विस्मृत, विरस… सपनाको यस्तै अनेकन् विशृङ्खल ऊहापोहहरुमा रुमल्लिन्छु छट्पटाउँछु हेर्छु र भागिरहन्छु । थाहा छ- सपना भ्रम हो सपना मिथ्या हो । तर पनि निदाउँछु त सपना देख्छु बिउँझन्छु र सपनै देख्छु । मानौँ जोडिएको छु कुनै पुरानो सम्बन्धसँग इतिहाससँग प्रेमसँग डरसँग… प्रिय ! के […]

चिया संवाद

कहिले ठूलो कहानी त कहिले मसिना किस्सा बन्छ । कहिले यात्रा, कहिले बाटो त,‌ कहिले जीवनकै हिस्सा बन्छ । कहिले याद बन्छ त कहिले नछुट्टिने साथ बन्छ । कहिले स्फूर्ती र ताजगी त कहिले मत्मत्याउने मात बन्छ । जे छ जति छ पूरा जिन्दगी छ चियासँग । श्वास, प्राण चलाइराख्ने अचम्मको सौगात बन्छ ।   […]

तीन कविता

एक- लडाईँ मन- जित्न दिँदैन प्रेम- हार्न मान्दैन । चिन्ता नगर प्यारी… तिमीसँगको यो लडाईँ जीवनभर चलिरहनेछ यसैगरी । दुई- जीवन जो हिँजो थियो- आज छैन । जो आज छ- भोली नरहन पनि सक्छ । तिमीले देख्दा देख्दै आँखै अगाडी बिलाएका छन् तिम्रा आफन्तहरु । तिमीले चाहँदा चाहँदै छुटेका छन् न्याना हातहरु । तिमी पनि […]

केही काम बाँकी छ अझै

केही काम बाँकी छ अझै- केही सामान मिलाउनुछ एक घुट्को पानी पिउनुछ झ्याल ढोका लगाउनुछ कसैसँग बिदाइको हात हल्लाउनुछ कसैको आँशु पुछ्नुछ र वर्षौँलाई पुग्ने गरि दिनुछ मुस्कानको उपहार लिनुछ एक बाकस सम्झनाको कोसेली अनि धित मरुन्जेल हेर्नुछ एकपटक शहरलाई । फेरि एक जनालाई केही भन्नु पनि छ अलिकति हिसाब मिलाउनुछ । हतार छैन- बिल्कुलै […]

सेलाएको चिया

हुन त तमाम दुःखहरु छन् संसारमा । युद्ध छन् बिछोड छन् कुण्ठा छन् व्याधी छन् । कसैको सानो वचनले चसक्कै दुखेको मुटुको दुखाइ छ । कसैको एकै कटाक्षले घायल भएको हृदयको संवेग छ । हटाऊ यार तपसिलका कुराहरु दुखै दुःखका विदारक व्यथाहरु । आफूलाई अहिले यतिबेला सेलाएको चियाकै दुःख ठूलो छ ।   0 Facebook […]

‘सुरक्षा’को एक निमेष

ऊ आफ्नै सीमामा तटस्थ अडिएको छ मानौँ- अनुशासन भङ्ग गर्नुको क्रुरता खेपेको छ । निर्निमेष हेरि-रहेका छन् उसका आँखाले म भएतिर मानौँ- उसले पनि यो ब्रह्माण्डबारे प्रश्न गरेको छ । केही अभाव भएजस्तो केही फरक भएजस्तो तर के-को अभाव थियो र के फरक थियो ? न उसले केरकार गर्‍यो, न मैले ! ती प्रश्नका घेरामा […]

संक्षिप्त जीवन परिचय- कृष्णभूषण बल

कृष्णभूषण बल   जन्म- बि.सं. २००४ चैत्र ०१ गते जन्मस्थान- रवि, इलाम माता- शारदा घिसिङ् पिता- हेमबल तामाङ् श्रीमती- शोभा लामा न्वारनको नाम- टीकाराम तामाङ् देहावसान- बि.सं. २०६९ असार ११ गते, न्यूरो अस्पताल, बिराटनगर प्रमुख कृतिहरु दाज्यू तिम्रो हात चाहिन्छ, खण्डकाव्य (२०३३) भोलि बास्ने बिहान, फुटकर कविता सङ्ग्रह (२०४१) कृष्णभूषण बलको बाँकी रचना, कविता तथा […]

मन्दिरको छेवैबाट

धेरै यादहरु त त्यतै छोडिएका छन् मन्दिरका पर्खालहरुमा । कुनै मन्दिरको सिँढीमा कुनै टुँडालको चित्रमा कुनै घण्टीको टिङ्टिङ्‍मा कुनै शङ्खनादमा कुनै चन्दनको महकमा… आज फेरि मन्दिरको छेवैबाट पार भएँ अनि तिमीलाई सम्झिँए । आज फेरि धुपको सुगन्धमा तिम्रै याद ताजा बनी मगमगायो ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 […]

चुँडिएको चङ्गा

कोही यस्तरी पनि बदलिन्छ कि जसरी बिस्तारै बदलिन्छ साँझको क्षितिज र सुस्तरी फेरिन्छ रङ्ग । कोही यसरी छुटेर जान्छ जिन्दगीबाट जसरी चुँडिएर जान्छ लट्टाइको धागो र हराउँछ चङ्गा अनन्त आकाशमा । 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

गह्रुँगो

जिन्दगी के नै हो र आखिर ? जन्म र मृत्यु बिचको अभिनय ! एक गाँस भोक एक घुट्को तिर्खा एक झप्को निद्रा एक पलको आराम । सुत्नु, खानु हिँड्नु, डुल्नु… सोचे साधारण छन् धेरै कुराहरु । हरेक कुरा यति हल्का र यति सिमित बनाइदिने ए जिन्दगी~ एउटै सपनाको भारी किन यति गह्रुँगो बनाइस् ? …………. […]