भैरव अर्यालको कविता- अमरावती कान्तिपुरी नगरी

कतिका दिन याहिँ बिते सुखले यतिका कविता रचिए मुखले । अब झल्झल भो म भुलूँ कसरी अमरावति कान्तिपुरी नगरी। — कहिँ घर्घर ज्यावल–मेशिनको कहिं चिर्बिर गान रसिला चरिको हरियो गहुँ झुल्दछ फाँटभरी अलकापुरि कान्तिपुरी नगरी। — कटि कूच कसी हिँडन्या युवती चलन्या पथमा नलजाई रति सँगमा छ युवादल ओरिपरी अमरावति कान्तिपुरी नगरी। — पथ सात–फुटे […]

सपनाले प्रश्न गर्दैछ

उहिलै जमानाकै कुरा हो~ एउटा सपना हुने गर्थ्यो अजङ्गको! सपनामा भविष्य हुन्थ्यो योजना हुन्थ्यो मूर्त-अमूर्त तिलस्मी-रङ्गीन थान थान रहरहरु हुन्थे। बिस्तारै सपना शहर पस्यो र हरायो मान्छेहरुको भिडमा खिइँदै गयो~ दुब्लायो! आज वर्षौँपछि सपनाले प्रश्न गर्दैछ- के जिन्दगी पनि सपना थियो? -विस्मय! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

दैवज्ञराज न्यौपानेको कविता- म त्यस वेला पनि

समय छाल बनेर बग्दैछ म नदी किनाराको वृक्ष भएर अडेको छु; कतिखेर, कुन दिन, अझै वेगको आँधी आउने हो त्यतिखेर, म चूपचाप किनाराबाट उखेलिएर कुनै गन्तव्यहीन यात्राका लागि लक्ष्यहीन यात्री बनेर जानेछु। त्यतिखेर मेरा हाँगा र पातहरूमा कुनै स्पन्दन रहने छैन; मेरा शाखा प्रशाखाहरूमा कुनै चरा आएर बस्ने छैनन्; पुतली रमाएर खेल्ने छैनन्; छु भन्नुको […]

केदारमान व्यथितको कविता- खुला-पत्र

मभन्दा बलवान् संपूर्ण हजूरहरुलाइ मैले आफ्नै शिर-पोश सम्झिरह्को छु, मभन्दा कमजोर सम्पूर्ण तिमीहरुलाइ मैले आफ्नै पाउ-पोश ठानिरहेको छु ।                           भवदीय                   कार्यवाहक सभापति                     मध्य-वित्त समाज                           नेपाल   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

विजय मल्लको कविता- तिमी हाँसे

प्रिये, त्यो दिन सम्झँदा तिमी नै यस खोलाको तरंगबाट लहरिँदै आउँछ्यौ। अहिले चीसो हावाले कानमा सरसराएर भनेको तिमीले बोलेजस्तो लाग्छ । पर्वतको अविच्छिन्न मालालाई हेरेर विस्मयलाई अँगालेजस्तो हात बाँधेर भनेकी थियौ – यसको पार पाइन्छ ? मैले भनेथेँ- पाइन्छ । बागमतीको नागबेलीलाई हेरेर अनिश्चितताले औँला टोकेझैँ तिमीले त भनेकी थियौ – यसको मूल भेटिएला ? मैले भनेथेँ […]

गोपाल पराजुलीको कविता- समयको शब्दहरूमा अवतरण

देशको यस वर्तमानका लागि तिमी दोषी छौ भनिरहेछु। मेरो देश मलाई मेरो सपनाको लागि प्रिय छ । देशप्रति तिम्रो द्रोह मलाई मन्जूर छैन र उठिरहेछु । तिमी मेरो शत्रुको योजनाअनुसार काम गरिरहेछौ हेरिरहेछु । तिमीसित मुक्ति पाउनु मेरो स्वार्थ हो म यस स्वार्थलाई सार्वजनिक गर्छु । तिमीलाई अन्तिम बिदाइ गर्ने समय आएको छ हेरिरहेछु । […]

अभिमन्यु

युद्ध यती भिषण छ कि कराल छ समय। मृत्युको छ विभिषिका विकराल भय। वरिपरी आफन्त छन् सबै आफ्नै परिवार छन्। तर हातमा तरबार छन् झम्टिनलाई उद्धत छन्। दुरस्तै छ ‘अभिमन्यु’ तिम्रो जस्तै मेरो पनि। नियत,हालत,परिस्थिति तिम्रो जस्तै मेरो पनि। तर- लड्नुछ र लड्दैछु तिमी जस्तै म पनि।   0 Facebook 0 Twitter 0 Linkedin 0 […]

पागल

केवल- एक व्यक्ति एक सोच एक हठ एक उत्साह एक लक्ष्य एक साहस अनि- हजार उपेक्षा हजार गाली हजार बाधा हजार तिरस्कार। तर याद राख- संसार ज-जसले बदलेका छन् तिनलाई पनि दुनियाँले पागल भनेका छन्।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

ईश्वरको सृष्टि

खुट्टा छ, हिँड्दैन ओठ छ, बोल्दैन आँखा छ, हेर्दैन कान छ, सुन्दैन… मेरो कल्पनाको ईश्वर यस्तो थिएन। बिल्कुलै थिएन! ऊ त बरु- वाचाल थियो चञ्चल थियो। कालको बहाव बुझ्थ्यो र थियो मभन्दा विशाल। तिम्रो ईश्वर मूक छ, मौन छ जड छ, अचेत छ! म अब नयाँ ईश्वरको सृष्टि गर्दैछु..   0 Facebook 0 Twitter 0 […]

तुलसीको मठ

उसले सोध्यो- कहाँ छन् तिम्रो भगवान ? म मुस्कुराएँ र चुपचाप देखाइदिएँ छेवैमा धुप उडिरहेको तुलसीको मठ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp