तीन कविता

एक- सपना एउटा चरो थियो आकाशमा उड्दा उड्दै फुत्त खस्यो । जसरी खस्छन् सपनाहरु सपनाबाट… दुई- आश फर्किन्छौ कि भन्ने अझै आश बाँकी छ । तिमी प्रति प्रेम अझै खास बाँकी छ । धड्किँदैछ मुटु अझै तिम्रै नामको सुनिहेर । सुन- तिम्रै नामले चल्ने श्वास बाँकी छ । तीन- याद आउँछ सानी ? डराई डराई […]

के कामले आयौ?

साह्रै मिठो बोल्दैछ्यौ के कामले आयौ ? मिठा शब्द घोल्दैछ्यौ के कामले आयौ ? नलुकाउ न केही पनि था’छ तिम्रो आनिबानी । नजानेझैँ गर्छ्यौ अनि छक्क पर्छौ जानिजानी । सुस्तरी मन खोल्दैछ्यौ के कामले आयौ ? साह्रै मिठो बोल्दैछ्यौ के कामले आयौ ?   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 […]

प्रेमको मौसम

मलाई फेरि बन्नुछ त्यही अञ्जान प्रेमी । सडकमा, गल्लीमा, बाटोमा, चोकमा रल्लिँदै~ हल्लिँदै लुक्दै~ छेलिँदै बिनाकाम, बिनाकारण कसैको पिछा गरिरहेको कसैको बाटो कुरिरहेको एउटा धमिलो आकृति टा~ढाबाट हेरिरहेको हेरिरहेको मलाई फेरि पुग्नुछ त्यही सिमसिमे झरिमा जहाँ बिल्कुलै शान्त हुने गर्थ्यो प्रेमको मौसम ।   1 Facebook 1 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 […]

नास्तिक दिवस

नास्तिक दिवसको दिन, बिहानै उसले फेसबुकमा स्टेटस लेख्यो – ‘धर्म अफिम हो !’ दिनभर नास्तिकताका विषयमा प्रवचन दिन निम्ता थियो । भौतिकवादीहरुले आयोजन गरेका कार्यक्रमहरुमा गयो । नास्तिकता सम्बन्धी चर्का कुरा राख्यो । संसारबाट धर्म उन्मुलन हुनैपर्ने कुराको यस्तरी पैरवी गर्‍यो कि, उपस्थितहरुले समेत उसको कुरा सुनेर आँखा फुलाए । र मनैमन उसलाई आफ्नो ‘नास्तिक […]

भूपी शेरचनको कविता- प्रात: एक आघात

प्रत्येक दिन चोरझैं सुटुक्क आएर मलाई भोरले अलिकति निचोर्छ व्यूझन्छु म किरणहरूको स्पर्शले देख्छु प्राचीका नियमित रूपमा माझिएका सेतासेता उज्जवल दाँत हुन्छ मनको कुनै कुनामा एक हल्का तर तीक्ष्ण आघात आह! सकिंदै गइरहेछ मेरो जीवन प्रत्येक दिन एक निश्चित मात्रामा टुथपेष्टझैं।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

अलिकति जिन्दगी

अलिकति श्वास छ, अलिकति आस छ, अलिकति जिन्दगी, यता आफ्नो पास छ । याद छ त्यो पल, पल-पलका यादहरु, हृदयनै सुकाइदिने, विरहका उन्मादहरु । अलिकति बिरानो छ, अलिकति खास छ, अलिकति जिन्दगी, यता आफ्नो पास छ । बिग्रिएको लेखान्त छ, जसको कुनै तब्दील छैन, कहानीलाई उचाइ दिने, अर्को कुनै मञ्जिल छैन। अलिकति होस छ, अलिकति […]

सपनाको वजन

गाउँबाट शहर छिरेको थियो एउटा हात्तिजत्रै सपना । अचम्मको वेग थियो उत्साहले भरिएको । त्यही उत्साहमा यति दौडियो, यति कुद्‍यो, यति भाग्यो र यति बत्तियो कि लाखौँ, हजारौँ, करोडौँ दुरुस्तै आफूजस्तै सपनै सपनाहरुको घानमा परेर निचोरियो । आजकल सपना दुब्लाएर मुसो जत्रै भा’छ ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]

भूपी शेरचनको कविता- मैनबत्तीको शिखा

शुभ्र, शान्त र स्निग्ध शिखा मैनबत्तीको। मानौ, प्रथम रजस्वलापछि स्नान गरेर शारदीय घाममा आफ्नो कौमार्य छरेर थकित–थकित झैँ चकित–चकित झैँ एक्लै–एक्लै मुस्काइरहेको हनुहार हो यो कुनै सुन्दरी नवयुवतीको। शुभ्र, शान्त, स्निग्ध शिखा मैनबत्तीको। आँखाभरि वेदनाको पानी तर, हर्षले हाँसिरहेछ आँखाको नानी मानौं, अप्रेशनपछि होशमा आएर घोर पीडामा पनि शिर अलिक उठाएर नवजात शिशूलाई निहालिरहेको सन्तुष्ट […]

तरङ्ग

पोखरीमाथि चरो भुर्र उड्यो । पानी- एकछिन छचल्कियो र बिस्तारै शान्त भयो । तर तिम्रो अन्तिम उडानपछि‍ छचल्किएको मन अझै शान्त हुन सकेको छैन ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

कविता लेख्नु थियो

कविता लेख्नु थियो कथ्नु थियो मनको कथा र निथार्नु थियो मगजमा खुज्मुजिएका विकारहरुलाई । जस्तो केही प्रेमका कुरा लेख्न थियो केही वेदनाका व्यथा लेख्न थियो केही सान्त्वनाको याचना थियो केही अध्यात्म केही दर्शन केही कुण्ठा-क्रन्दन त केही मनको स्पन्दन । कसलाई भन्ने? कसलाई सोध्ने ? कसले सुन्ने ? कसलाई सुनाउने ? र सबैभन्दा मुख्य कुरो […]